आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट

२०८२ चैत्र ८, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -८ चैत ।

पछिल्लो केही दिनदेखी नेपाली बजारमा लगातार रुपमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ।

यस अघि शुक्रबारसम्म सुन तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

सोही अनुसार आज चाँदीको मुल्य तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ निर्धारण गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस