आज: २०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

धादिड॰ अस्पतालमा एक किशोरीको अचानक मृत्यु भएपछी अस्पतालमा तवावग्रस्त

२०८२ चैत्र ८, आईतबार मा प्रकाशित ( ३ हफ्ता अघि) ३४४२ पटक पढिएको
नारी बाटिका


 

बागमति प्रदेशको मातहतमा संन्चालित धादिङ जिल्ला अस्पतालमा एक १७ वर्षीय किशोरीको अचानक मृत्यु भएपछि यतिबेला अस्पताल धादिङमा तनावग्रस्त भएको छ।

आईतबार अस्पतालमा उपचारका लागी आएकी नीलकण्ठ–१३ की १७ वर्षीया मिरा आचार्यको निधन भएपछि आफन्तले अस्पतालमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल घेराउ गरेका हुन् ।

आफन्तहरु आक्रोशित भई अस्पताल परिसरमा विरोध प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ।

  1. सामान्य बीमारी भई अस्पतालमा उपचारको लागी आएकी ति किशोरीलाई स्वास्थ्यकर्मीले एक सुई दिन साथै बान्ता र अत्याधिक रक्तस्राव भई मृत्यु भएको आफन्तको भनाई छ ।
    घटनाबारे थप अनुसंधान आवश्यक रहेको भन्दै आफन्तले निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस