
नारी बाटिका
नारी वाटिका संवाददाता
रामेछाप- ९ चैत ।
रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा यात्रुवाहक सुमो गाडी दुर्घटना हुंदा ६ जना घाइते भएका छन् भने घायतै मध्य ३ जनाको अवस्था गम्भीर छ।
आज विहान खाँडादेवी( ७ टिमुबाट यात्रु लिएर काठमाडौँ तर्फ जाँदै गरेको बा.प्र.०८(००१ ज ०२२४ नम्बरको सुमो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुमा ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङको अवस्था गम्भीर रहेको र उनीको थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्ते घाइते हुनेमा अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भैइरहेको जनाएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।








प्रतिक्रिया दिनुहोस