
नारी वाटिका संवाददाता
हुम्ला १० चैत ।
हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्रै चितुवा पसेर किसानको ४५ वटा भेडा मारेको छ। उक्त बस्तीको पोरीगाउँ क्षेत्रमा आइतबार राति चितुवाले स्थानीय रतन तामाङको गोठभित्रै पसेर राखिएका सबै भेडा मारिदिएको हो ।
स्थानीयले जनाए अनुसार वन क्षेत्रबाट चराएर ल्याइ गोठमा राखिएका भेडामाथि यसरी गाउँ बस्तीमै पसेर चितुवाले आक्रमण गरेकोले उक्त क्षेत्रका किसानहरु चिन्तामा डुबेका हुन् ।












प्रतिक्रिया दिनुहोस