आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

ट्रक दुर्घटनामा एक को मृत्यु,एकजनाको अवस्था गम्भीर

२०८२ चैत्र ११, बुधबार मा प्रकाशित ( २ दिन अघि) १६४४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
मकवानपुर ११ चैत ।

मकवानपुरको बकैया गाउँपालिका(११ घट्टेपाखामा बुधबार भएको ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साथै घटनामा अर्का एक जना घाइते भएका छन्।

दुर्घटनामा मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका(३२ का २० वर्षीय सन्तोष यादव रहेका छन् । साथै ३३ वर्षीय ट्रकचालक कृष्ण यादवसमेत गम्भीर घाइते भएका छन् । यादवको थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकानपुरले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस