आज: २०८२ चैत्र ११, बुधबार | Wed, 25, Mar, 2026

नेपालमा बसेर यौनधन्दा चलाउने युगाण्डाका २० महिला पक्राउ

२०८२ चैत्र ११, बुधबार मा प्रकाशित ( ३ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ११ चैत ।

नेपालमा बसेर यौनधन्दा चलाउने युगाण्डाका २० महिलाहरु ठमेलबाट आज पक्राउ परेका छन् । उनी हरुले ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिलाहरु बुधबार राजधानीबा६ै पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट पक्राउ गरेको हो। पक्राउ परेका सबै महिलाहरु युगाण्डाका भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको । उनीहरु काठमाडौंको ठमेल क्षेत्रमा बसेर विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी मोलमोलाइ गरी दुःख हैरानी दिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई अभद्र व्यवहार सम्वन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थपको अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनु भयो ।,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस