आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

प्रधानमन्त्री बन्नुअघि बालेन शाहले नयाँ र्‍यापको भिडियो सार्वजनिक गरे

२०८२ चैत्र १३, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१३ चैत।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अत्याधिक मत ल्याएर प्रतिनिधिसभामा प्रवेश गरेका बालेन शाहले मुलुको प्रधानपन्त्री बन्नुअघि नयाँ र्‍यापको भिडियो सार्वजनिक गरेका छन् । केही समयअघि स्वतन्त्र उम्मेद्वारमा काठमाडौ महानगरपालिकाको मेयर जितेर उनको कार्यकालमा महानगरभित्र निकै राम्रो काम गरेका कारण उनी निकै चर्चामा आएका व्यक्ति हुन् ।

शाह आज मिति २०८२ चैत्र १३ गतेका दिन उनी नेपालको इतिहासमै सबैभन्दा कान्छो (कम उमेर)को प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । शाहले प्रधानमन्त्रीको नियुक्ती लिनु अघिल्लो दिन र्‍याप गाएर सो को भिडियो सार्वजनिक गरेका हुन् । उनले आज (शुक्रबार) दिउँसो प्रधानमन्त्रीको शपथ लिँदै छन् । यसका लागी रास्वपाले हिँजै( बिहीबार) साँझ संसदीय दलको नेतामा चयन गरेको थियो ।

‘शाहको यस अडियो तथा भिडियोको जय महाँकाली’ बोलको र्‍यापमा उनी आफैले शब्द र संगीत पनि भरेका छन् । र्‍यापको भिडिओमा बालेनले चुनावी अभियानका क्रममा पूर्वदेखि पश्चिमसम्म गरेको भाषण, सभा र रोडसहित सोही अभियानका फुटेजहरु प्रयोग गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस