आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

राष्ट्रको नाममा सम्बोधन गरी प्रधानमन्त्री सुशीला कार्की आजबाट बिदा हुँदै

२०८२ चैत्र १३, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१३ चैत।

जेनजी विद्रोहबाट मुलुकमा गठित अन्तरिम सरकारका प्रमुख सुशीला कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्नु भएको छ ।

कार्की नेतृत्वको सरकारले फागुन २१ गते सोचेभन्दा सान्तिपुर्ण हिसाबले मुलुकमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सफल भई रास्वपाको वहुमतमा आजैबाट देशमा नयाँ सरकार गठन हुंदैछ । सो भन्दा अघिल्लो दिने नयाँ आउने प्रधानमन्त्री बालेन शाहको लागी सरकारको नेतृत्वबाट बिदा भई प्रधानमन्त्रीको कर्चिलाई प्रधानमन्त्री कार्कीले खाली गरिदिनु भएको हो ।

आज रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिँदै छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेन जी आन्दोलनको म्यान्डेटअनुसार ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले निर्वाचन सम्पन्न गर्नका लागि भूमिका खेल्ने सबैलाई आभार व्यक्त गर्नु भएको छ ।

साथै, आफू नयाँ सरकारबाट धेरै आशा बोकेर बिदा हुन लागेको उहाँले बताउनु भयो । कार्कीले ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु ।’आन्दोलनको समयमा डर र अनिश्चयबीच सत्ता सम्हालेको स्मरण गर्नु भयो ।

उहाँले जेनजी आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई सम्झिँदै भन्नु भएको छ , ‘आज म तपाईंहरू सामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ । म सम्झिरहेको छु ( ती कलिला बालबालिका जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनु पर्‍यो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस