
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -१५ चैत ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथी सुरक्षा थ्रेट बढेको भन्दै सरकारले उनलाई सुरक्षा निगरानीमा राखेको छ ।
जेनजी आन्दोलनको घटना बारे जाँचबुझ गरी प्रतिवेदन तयार गर्न कार्कीको अध्यक्षतामा गठन भएको आयोगको प्रतिवेदन अनुसार शनिबार पुर्व प्रधानमन्त्री केपी शर्मा वली र पुर्व गृह्रमन्त्री रमेश लेखक पक्राउ परेपछी उनीहरु पक्राउ हुनुमा राजनितिक प्रतिसोध भएको भन्दै शनिबार दिनभर राजधानी तनाबग्रस्त रह्रयो ।
आयोगको सिफारिसतमा नेकपा एमालेका अध्यक्ष ओली पक्राउ परेपछि जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई सरकारले उच्च सुरक्षा निगरानीमा राखेको हो उनीमाथि सुरक्षा थ्रेट बढेको भन्दै उच्च सुरक्षा दिइएको स्रोतले बताएको छ ।
साथै कार्कीलाई आवश्यक परे सेनाको ब्यारेकमा राखिने बताइएको छ। अध्यक्ष वली भक्तपुरको गुन्डुस्थित आफ्रनै निवासबाट शनिबार विहानै सुतिरहेकै अवस्थामा पक्राउ परेका थिए । सो को विरोधमा एमालेका कार्यकर्ताहरू सडक प्रर्दनमा उत्रिएका छन्।








प्रतिक्रिया दिनुहोस