आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

एमाले लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा पक्राउ

२०८२ चैत्र १६, सोमबार मा प्रकाशित ( ६ महिना अघि) ४२४८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१६ चैत ।

नेकपा एमालेकी लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। लुम्बिनी प्रदेश सभामा निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन्।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शर्मालाई पक्राउ गरेको हो । सांसद शर्माविरुद्ध नाबालिकालाई घरेलु काममा राखेर कुटपिट गरी बालबालिकामा हिंसा गरेको आरोप छ। केही समयअघि बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समयमा उनको घरबाट एक बालिकालाई उद्धार गरिएको बताइएको छ।

बालेन प्रधानमन्त्री भएलगत्तै साँसद् शर्मामाथि धरपकड गरी गएराति धुम्बराहीस्थित उनकै घरबाटै प्रहरीले पक्राउ गरी लगेको शर्मा परिवारजनको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑