आज: २०८२ चैत्र २०, शुक्रबार | Fri, 03, Apr, 2026

६९ औं राष्ट्रीय सहकारी दिवस विभिन्न कार्यक्रमका साथ मनाईँदै

२०८२ चैत्र २०, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


बिबिय,नारी वाटिका संवाददाता
धादिङ -२० चैत ।

आज ६९ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै छ । राष्ट्रिय सहकारी दिवसका अवसरमा निलकण्ठ नगरपालिकाको संयोजनमा आज धादिङवेशीमा विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

साथै जिल्लामा सक्रिय रुपमा काम गर्दै आईरहेका सहकारी र सहकारीकर्मीहरूले एकीकृत रूपमा नगरपालिकाको सभाहल (सिटीहल)मा शुक्रबार भव्यताका साथ मनाउने तयारी गरिएको हो ।

नगरपालिकाभित्र संन्चालित सबै प्रकारका सहकारीकर्मीहरूलाई एउटै थलोमा समेट्ने उद्देश्यका साथ नगर सहकारी शाखालाई मुख्य केन्द्रको रुपमा संयोजन गर्ने जिम्मेवारी दिएको हो ।

गत वर्षहरुमा विशेषगरी सहकारी दिवसको अवसरमा (याली,गर्दै आईरहेकोमा र््याली भन्दापनि यस पटक सचेतनामुलक कार्यक्रमको विशेष महत्व हुने भएकोले सोही अनुसार मनाईँने भएकोछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस