आज: २०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

यस वर्षको एसईई परीक्षा आजबाट सुरु हुंदै

२०८२ चैत्र १९, बिहिबार मा प्रकाशित ( १ हफ्ता अघि) २६०५ पटक पढिएको
नारी बाटिका


परिक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी हुने

बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१९ चैत ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदैछ। यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो ।

त्यस्तै बोर्डका अनुसर परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको जनाएको छ।

साथै, विद्यार्थीलाई अनावश्यक तनाव नहोस् भनेर एसईईपछिको ुब्रीज कोर्सु सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको शिक्षा मन्त्रालयको भनाई छ।

यस वर्ष नेपाल र जापानमा गरी जम्मा १ हजार ९६६ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ जसमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी हुँदैछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस