
नारी बाटिका
नारी वाटिका संवाददाता
सिन्धुली -२० चैत ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा १० जना घाइते भएका छन् । घाईतेमध्य चार जनाको अवस्था गम्भीर छ ।
सुक्रबार काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको बा ४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको यात्रु बाहक बस एकापसमा ठक्कर खाँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी माइक्रो चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर,काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविन तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा अन्य घाईते यात्रुमा झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेकी ९ वर्षीया संस्कृती यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन् ।
अन्य सबै घाईतेहरुको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक दोलखाको बैतेश्वर गाउँपालिका–६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रण लिएको छ ।








प्रतिक्रिया दिनुहोस