
नारी बाटिका
धादिङ ।
अमेरिकाले ४८ घण्टाभित्र युद्धविराम गर्न राखेको प्रस्ताव इरानले अस्वीकार गरेको छ ।
इरानको तेहरानस्थित अर्ध सरकारी फार्स समाचार एजेन्सीका अनुसार,अमेरिकाले यो प्रस्ताव बुधबार तेस्रो देशमार्फत् तेहरानलाई पठाइएको थियो । तर इरानले यस अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेको हो।
ट्रमको यस्तो प्रस्तावलाई इरानले आक्रमणको निरन्तरता मार्फत दिएको समाचारमा जनाइएको छ। सोही अनुसार कुवेतको बुबियान टापुमा रहेको अमेरिकी सैन्य बल डिपोलाई लक्षित गरी इरानले आक्रमण गरेपछि वाशिंगटनले युद्धविराम गर्न कूटनीतिक प्रयास तीव्र पारेको समाचारमा उल्लेख गरेको छ।
शुक्रबार आक्रमणमा गएको दुई अमेरिकी ठुला लडाकु विमानले इरानले निष्कृय बनाउन सफल भएको थियो। एउटा एफ–१५ ई लडाकु विमान थियो र अर्को ए–१०। एफ–१५ ई लडाकु विमानमा इरानभित्र आक्रमण गरिएको थियो। लड्न पठाएको अमेरिकी विमानका एक चालक दलका सदस्यलाई उद्धार गरिएको छ र अर्को एक जना अझै बेपत्ता छन्।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी ए–१० विमान फारसी खाडीमा दुर्घटना भएको थियो। यी देशहरुकाबिचमा करिव पाँच हप्ता लामो युद्धमा अमेरिकी विमान खसालिएको यो पहिलो पटक हो।
यस घटनापछी, इरानले यसरी जवाफी आक्रमण गरेको भएतामपनि वार्तालाई कुनै असर नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीसँगको फोन अन्तर्वार्तामा बताएका छन्।








प्रतिक्रिया दिनुहोस