आज: २०८२ चैत्र २३, सोमबार | Mon, 06, Apr, 2026

सभामुखमा रास्वपाका उपसभापति अर्याल भएसंगै उपसभामुखमा अन्य दलको दावी

२०८२ चैत्र २३, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२३ चैत ।

प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा अर्याललाई निर्विरोध निर्वाचितको घोषणा गरेका हुन्।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट ल्याएर देशकै सबैभन्दा ठुलो दल बनेको सभामुखका लागि अर्यालको मात्रै उम्मेदवारी परेको थियो। रास्वपासँग दुई तिहाइ नजिकको बहुमत छ। यस्तो अवस्थामा पराजय भईने निश्चित भएपछी प्रतिपक्ष दलका कुनै नेताले सभामुखमा दावी गर्न सकेनन् ।

प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलसहित एक स्वतन्त्र सांसद भए पनि अन्य दलहरूले उम्मेदवारी नै नदिएका हुन्। जसका कारण अर्याल निर्विरोध निर्वाचित हुने अवसर मिलेको हो।

नवनिर्वाचित सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसकेका छन्।अर्यालले भनेका छन् ‘संविधान, कानून राम्रोसँग हेरेको छु मैले। त्यसलाई पालना गरेर सबै माननीयहरूलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा राखी काम गर्नेछु’,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस