
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२४ चैत ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशभरको पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल र बाँकी भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत जनाएको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी अन्य भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। यस्तै पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र कोशी प्रदेशको तराई भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने र बाँकी पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्ने महाशाखाको भनाई छ ।
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुर्ई स्थान तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।








प्रतिक्रिया दिनुहोस