
नारी वाटिका संवाददाता
काठमाडौँ -२३ चैत ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृह्रमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको आज सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा बहस सकिएको हो ।
उहाँहरुको बहस सकिएसंगै आदेशको तयारी भइसकेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। ओली र लेखकका तर्फबाट आइतवार कानुन व्यवसायीले बहस गरेका थिए ।
महान्यायाधिवक्ता कार्यालयका तर्फबाट शोमबार सरकारी वकिलले बहस गर्नु भएको थियो।












प्रतिक्रिया दिनुहोस