आज: २०८२ चैत्र २४, मंगलबार | Tue, 07, Apr, 2026

दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईईका तीन विद्यार्थीको मृत्यु

२०८२ चैत्र २४, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ९४ पटक पढिएको
नारी बाटिका


जलेश्वर-२४ चैत ।

जलेश्वर-बर्दिबास सडकको बथनाहा गाउँमा दुई मोटरसाइकल ठोक्किएर भएको आगलागी घटनामा तीनजना विद्यार्थीको मृत्यु भएको छ।

उक्त स्थानमा ठोक्किएर अचानक दुवै मोटरसाइकलमा आगलागी भएको थियो भने एसईई दिएर फर्किएका तिन जना विद्यार्थीहरु सोही स्थानमा जलेर मृत्यु भएको हो । उनीहरु तीनै जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरु तिनैजना एसईई दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ। प्रहरीले हालसम्म मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुलाएको छैन भने मोटरसाइकल पनिपूर्ण रूपमा जलेर नम्बर प्लेट समेत नदेखिने अवस्थामा रहेको जनाइएको छ।

मंगलबार बिहान विपरीत दिशाबाट आएका उत्त मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएर दुर्घटनामा परेका हुन् ।

सोही घटनामा थप तीन जना गम्भीर घाइते भएका बताइएको छ । घाइतेहरुको जलेश्वर सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस