आज: २०८२ चैत्र २४, मंगलबार | Tue, 07, Apr, 2026

दुई जना लागुऔषध कारोबारीलाई गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो

२०८२ चैत्र २४, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२४ चैत ।

काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थान क्षेत्रबाट प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको सुरक्षा टोलीले खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी रहेको उनीहरुलाई पक्राउ गर्न खोज्दा भागेपछी नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो । सो क्रममा भारत, विहार राज्यको मधुवनी जिल्ला घर भएका अन्दाजी ३०–३५ वर्षीय अनिलकुमार पासवान घाइते भएको प्रहरीले जनाएको छ ।

करिब एक किलोभन्दा बढी खैरो हेरोइनसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस