आज: २०८२ चैत्र २५, बुधबार | Wed, 08, Apr, 2026

सार्वजनिक यातायातमा भाडादर बढ्यो

२०८२ चैत्र २५, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ  -२५ चैत ।
सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनहरुको भाडादरमा उच्च रुपमा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अध्यक्षतामा आज बसेको बैठकको निर्णय अनुसार यातायात व्यवस्था विभागले भाडदरमा समायोजन गरेको हो ।

पछिल्लो समयमा बडेको भाडादर अनुसार सार्वजनिक यातायातको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

यस्तै पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धि र अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस