
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ २५ चैत ।
धादिङको ज्वालामुखी गाउँपालिकाले सबै वडाको रूपमा पालिकालाई नमुना, सफा र स्वच्छ गाउँपालिका घोषणा गर्ने भएको छ । 
मिसन दुई हजार बयासी, सफा र स्वच्छ क्षेत्र ज्वालामुखी भन्ने मुल नाराका साथ सरसफाइ र स्वच्छतामा निकै सक्रियताका साथ काम गरीरहेको ज्वालामुखी गाउँपालिकाले यही चैत्र २९ गते नमुना पालिकाको रूपमा सबै वडालाई नमुना, सफा र स्वच्छ गाउँ घोषणा गर्ने तयारी गरिएको हो । 
२०८२ सालभित्र गाउँपालिकालाई नै स्वच्छ, सफा र नमुना गाउँ घोषणाको लागी तिब्रगति सरसफाईको काम गरिरहेको पालिकाले यसअघि विभिन्न वटा वडालाई घोषणा गरी सकेको छ । 
समुदायका नागरिक स्वस्थ भए गाउँपालिकाले विभिन्न संघ संस्था लगायतको सहयोगमा संन्चालित विकासले गति लिन सक्ने भन्दै स्वस्थ हुन सफा र स्वच्छ गाउँ बनाउने अभियानमा लागेको गाउपालिकाका अध्यक्ष यामनाथ दनैले बताउनु भयो ।
यसका लागी समुदायमा चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित तथा सफा पानी, स्वस्तवर्दक खाना र खाना बनाउने भान्साघर आगन सफा गरी ५ व्यवहार परिवर्तन र १५ वटा सुचक पुरा गरी अघि बढेको गाउपालिकाले अहिले गाउँभित्र रहेका ६ हजार ७९ घरधुरी अर्थात सतप्रतिशत घरमा सबै सुचक पूरा भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनु भयो। 
कम्तिमा चार पटकको अनुगमनमा सबै सुचक पूरा भएपछि मात्र पुर्ण मानिने गरी अनुगमन गरेको र आगमी आइतबारका दिन गाउँपालिकामा एक भव्य कार्यक्रमको आयोजना गरी देश कै नमुना, सफा र स्वच्छ गाउँपालिका घोषणा गर्ने तयारी भएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस