
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२७ चैत ।
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पद मुक्त गर्नु भएको छ । रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई सिफारिस गरेलगत्तै साह पदमुक्त भएका हुन् ।
मन्त्री साहले आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः नियुक्ति गर्न लागिएको विषय विवादित भएको थियो । साहको यस कदम मात्रै नभई उनका यसअघिका पृष्ठभूमि पनि विवादित नै भएको पाइएपछि प्रधानमन्त्रीले हटाउनु भएको हो ।
श्रम मन्त्री शाहसंगै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै पार्टी सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराउन प्रधानमन्त्री शाह समक्ष सिफारिस गरिएको छ ।
पार्टी सभापतिको सिफारिस पछी प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य मन्त्री मेहतालाई समेत सचेत गराउनु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस