
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२ वैशाख ।
जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान भैइरहेका घटनाको सम्वन्धमा भ्रामक सूचना प्रसारणरप्रकाशन नगर्न अनुरोध गरेको छ ।
प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी जस्ता कसूरका आरोपी पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक उपर सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।
सोही विषयमा सामाजिक संन्जाल लगायतका क्षेत्रमा अप्रमाणित र भ्रामक सूचना सिर्जना गरी प्रसारण,प्रकाशन नगर्न सबैलाई अनुरोध गरिएको हो । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले एक विज्ञप्ति जारी गर्दै ‘ओली–लेखकको अनुसन्धानमा झेल ?’ भन्ने शीर्षकमा एक युट्युव च्यानलमा श्रव्यदृश्य सामग्री प्रकाशन भएकाले त्यसप्रति प्रहरीको ध्यानाकर्षण भएको जनाइएको छ ।
जारी सूचनामा भनिएको छ, “स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौँको कानुनी राय परामर्शमा अनुसन्धान भइरहेकामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत सन्देश प्रवाह भएकाले अप्रमाणित सूचना प्रसारणरप्रकाशन नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।”








प्रतिक्रिया दिनुहोस