
नारी वाटिका संवाददाता
सल्यान -६ वैशाख।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कुपिण्डे नगरपालिकाको ८ बाट कालीमाटीको लक्ष्मीपुरतर्फ बिहेको जन्ती लिएर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घघनामा परी मृत्यु हुनेहरुमा सल्यान कुपिण्डे नगरपालिका– ८ का ५० वर्षीय टोपबहादुर थापा , ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनु भयो।
प्रहरीको अनुसार जिपमा १८ जना सवार रहेकोमा तिनजानाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। उनीहरुको सुर्खेतस्थित मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ।












प्रतिक्रिया दिनुहोस