आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

धादिङको रुबी भ्याली –६ का वडाध्यक्ष डोजर दुर्घटनामा गम्भीर घाइते

२०८३ बैशाख १०, बिहिबार मा प्रकाशित ( ३ हफ्ता अघि) २३२६ पटक पढिएको
नारी बाटिका


थप उपचारका लागी हेलिकोप्टरमार्फत काठमाडौं लगियो
बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ -१० वैशाख।

धादिङको रुबी भ्याली गाउँपालिका–६ मा डोजर दुर्घटना हुंदा सोही वडाका वडाध्यक्ष गम्भीर घाइते भएका छन्। सडक निर्माणधिन डोजर ब्याक गर्ने क्रममा चेनले लाग्दा उनी गम्भीर घाइते भएका हुन्।

स्थानीयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई तत्काल उद्धार गरी हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।

हाल उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ। दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस