आज: २०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

गर्भवती गीता पाण्डे मृत्यु प्रकरणमा डा. रुपाखेती निलम्बनमा

२०८३ बैशाख १३, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ -१३ वैशाख।

नेपाल मेडिकल काउन्सिले बुटवलमा गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु प्रकरणमा संलग्न डा.सतिष रुपाखेतीलाई निलम्बन गरेको छ ।

गर्भपतन गराउने क्रममा पाल्पाकी २९ वर्षीय गर्भवती गीता पाण्डेको मृत्यु भएपछी डा.सम्राट पराजुलको संयोजत्वमा गठित छानबिन समितिले प्रतिवेदन तयार गरेको थियो । अनुसन्धानमा रुपाखेती लगायत उपचार गर्ने मेडिकलसमेत दोषी पाइएपछि कारबाही प्रकृया अघि बउाइएको हो । यससंगै दुई क्लिनिकमा पनि सिलबन्दी गरिएको छ ।

गिताको मृत्युपछी मृतकका आफन्तहरुले खत्री नर्सिङ होम,जोनल फार्मेसी र इन्दु लेखा क्लिनिकमा तालाबन्दी गरेका थिए । मृतक गीता रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी हुन् । मृतक गीताका पति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

गिताको गर्भमा रहेको १३ हप्ता पुरा भएको भ्रूण अस्वस्थ भएको भन्दै वैशाख ५ गते आफ्ना श्रीमान् को साथमा बुटवल इटाभट्टीको खत्री नर्सिङ्ग होम गएकी थिइन् । यस अघि पनि उनलाई चैत २७ मा खत्री नर्सिङ होममा जाँचका लागि ल्याइएको थियो । त्यहां डा.डिबी खत्रीले गर्भ असामान्य छ भनी वैशाख ४ गते बोलाएका थिए ।

त्यसपछी गीता पुन ः वैशाख ५ गते खत्री नर्सिङ होम गएकी थिइन् । तर खत्री नर्सिङ होमले गीतालाई आफ्नोमा उपचार नगरी लोकेसन दिएर बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो । जोनल फार्मेसीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर गीतालाई दुई थरी औषधी दिएर पठाएको जाँचबुझ प्रतिवेदनमा उल्लेख छ ।

जोनलबाट इन्दु लेखा क्लिनिकमा पु¥याईएर गीताको गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो । ईन्दु लेखा क्लिनिकमा डा. सतिष रुपाखेतीले चेकजाँच गरेका थिए ।

पत्नी गीताको मृत्युमा मुख्य दोषी भएको भन्दै डाक्टर डिबी खत्री र डाक्टर सतीश रुपाखेतीलाई पक्राउ गरी कारबाही गर्न मृतकका पति प्रकाशले माग गरेका थिए ।

दुई डाक्टर बाहेक सन्ध्या बस्नेत (जोनल फार्मेसी(क्लिनिक सञ्चालक), निलम घर्ती मगर (जोनल फार्मेसी) खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक)लाई पनि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस