
बिबियु-नारी वाटिका संवाददाता
धार्दिङ -१३ वैशाख।
पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका आदमघाटस्थितमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने दुर्घटनामा ५ जनाको अवस्था गम्भीर छ ।
आईबार साँझ काठमाडौबाट पोखरा तर्फ जाँदै गरेको बा .प्रदेश ०१. ००६ – ख – ७२२१नम्बरको बाइक्रोबस धादिङको आदमघाट नजिकै पृथ्वी राजमार्गमा पर्ने सडकमा नै पल्टिएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाईतेहरूलाई थप उपचारको लागि काठमाडौं पटाइएको प्रहरीले जनाएको छ । साथै अन्य घाइते ७ जनाको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण भने पानी परिरहेको बेला माइक्रो आफै अनियन्त्रित भई सडकमा नै पल्टिएको बताइएको छ । थप विवरण आउन बाँकी












प्रतिक्रिया दिनुहोस