आज: २०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

हावाहुरी र चट्याङसहितको वर्षा हुने भएकोले सतर्क रहन प्राधिकरणको सुझाव

२०८३ बैशाख १६, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबिय- नारी वाटिका संवाददाता

धादिङ -१६ वैशाख।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि देशभरका विभिन्न स्थानमा चट्याङसहितको तीव्र गतिमा हावाहुरी चल्ने भएकाले सतर्कता अपनाउन सुझाएको छ।

प्राधिकरणले सूचना जारी गर्दै आजदेखी कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने तथा चट्याङसहितको वर्षा हुने भएकाले सबैमा सतर्कता अपनाउन अनुरोध गरेको हो।

कोशी प्रदेशको मोरङसहित आसपासका क्षेत्रहरु, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका क्षेत्र, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका क्षेत्र तथा सुदूरपश्चिमका डडेलधुरा र डोटीसहित आसपासका क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त क्षेत्रमा आजै साँझ ५ः४५ बजेदेखि हावाहुरी सुरु भई भोली(बिहीबार) बिहान ७ः४५ बजेसम्म यस्तो अवस्था कायम रहने अनुमान गरेको छ।
यसका साथै मेघगर्जन, चट्याङ, हावाहुरी रअसिनासहितको वर्षा हुने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सकृय रुपमा सर्दै जाने सम्भावना रहेको छ।

तीव्र गतिमा हावाहुरी चल्दा रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा अबरुद्ध हुने तथा यसको विशेष जोखिम रहने भएकाले प्राधिकरणले यी स्थानमा बसोबास गर्ने तथा उक्त समयामा त्यस क्षेत्रमा आवत जावत गर्ने सबैले सावधानी अपनाउन अनुरोध गरेको हो।

यस्तै हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्ने, घरको झ्यालढोका राम्रोसँग बन्द गर्ने, जस्तालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउने, घरबाहिर आगो नबाल्ने, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउने,लड्न सक्ने कमजोर संरचना रअग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्ने, बिजुलीको तार लत्रिएको छ भने नछुन समेत सर्तक गराईएको छ।

यसका साथै हावाहुरीले बाहिरबाट उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम हुने भएकाले चनाखो रहन मौसमसम्बन्धी पूर्वानुमान र विभिन्न सन्देश तथा सतर्कता अपनाउन दिएको सूचना तथा समचारहरुबाट नियमित जानकारी राखी जोखिमबाट बच्न प्राधिकरणले सतर्कता गराएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस