
बिबियु नारी वाटिका संवाददाता
धादिङ १६ वैशाख ।
केही दिनदेखी नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
जस अनुसार बुधबार पनि सोही दरले घटेर आज सुन प्रतितोला मुल्य दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको हो ।
अघिल्लो दिन (मंगलबार) दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएकोमा ३० रुपैयाँले घट्दै चार हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको हो।
अन्तर्राष्ट्रिय बजारमा भएको कारोबार अनुसार सुन प्रति औंस चार हजार ६ सय दुई अमेरिकी डलर रहेको छ ।












प्रतिक्रिया दिनुहोस