
नारी बाटिका
बिबिय -नारी वाटिका संवाददाता
धादिङ -१८ वैशाख।
आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५७०औँ वुद्ध जयन्ती । शान्तिका अग्रदूत सिद्धार्थ गौतमलाईे भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना,उहाँको भजन कृतन एवं प्रवचन गरी मनाइँदै छ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने गरिन्छ । साथै आज चन्डी पुर्णिमा पनि भएकोले धेरै समुदायमा कुल पुजा पनि गरिन्छ। भगवान गौतम अर्थात सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरणमा उहाँको पुजा आरधना गरी यो पर्व मनाउने गरिएको हो।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले आजको दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरुले भगवान गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले उहाँको विशेष चर्चा गरिन्छ।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभरका गुम्वा,मठ मन्दिर लगायतमा बुद्धको महिमा र प्रवचन गरी मनाउन लागिएको हो।
वुद्ध जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिन्छ। इसापूर्व ५६३ अर्थात् आज भन्दा २५७० वर्षअघि रुपन्देही जिल्लाको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।
राजकुमारका रूपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले मानिसले पाएका दुःखमा चिन्तित बनेर धेरै अर्ति उपदेश,ध्यान,जप आदीको कार्यमा लागेर हत्या हिंसा,काटमार गर्न नहुने,तथा पशुबली पनि गर्न नहुने सन्देश दिँदै २९ वर्षको उमेरमा आफ्नो दरबार छोडी तपस्यामा लिइन हुनु भएको थियो।








प्रतिक्रिया दिनुहोस