
नारी बाटिका
बिबिय- नारी वाटिका संवाददाता
धादिङ -२० वैशाख।
आज नेपाललगायत विश्वभरका मिडियाकर्मीहरुले विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ।
आजभन्दा एकसय ३३ वर्ष अगाडी युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसमा विन्डहक घोषणापत्र’ जारी गरेको स्मरण गर्दै सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउन शुरु गरिएको हो।
शान्तिमा भविष्य निर्माण, मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन, भन्ने मुल नाराका साथ यस बर्षको विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको हो ।
अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुन नदिई यसलाई व्यवहारमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न पाउने अधिकार प्रत्यान्योजन गर्न सञ्चार क्षेत्रले नै ठुलो भूमिका खेल्दै आईरहेको छ ।
नागरिकका अधिकार,विकासमा भएका अशल अभ्यासलाई घाम झैँ छर्लङग पारेर काम गर्न र गलत र भ्रष्टाचारजन्या कार्यलाई निरुत्साही बनाउने तवरले सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देश दिनु भएको छ।
अभिव्यक्ति स्वतन्त्रतालाइ आत्मसाथ गर्दै भविश्यमा संन्चार गृह्र तथा सन्चारकर्मीहरुले अझै सशक्त रुपमा काम गर्ने प्रेरणा मिलोस् हाम्रो पनि धेरै शुभकामना छ ।यस दिवसलाई स्वतन्त्रताको वकालत गर्दै यसै क्षेत्रमा काम गर्ने पक्षधरले आजको दिनलाई महत्त्वपूर्ण दिनको रूपमा लिने गरिन्छ।








प्रतिक्रिया दिनुहोस