
नारी बाटिका
रविना मियाँ-नारी वाटिका संवाददाता
पर्वत -२० वैशाख।
कास्कीमा एक युवकले आफ्नै ६२ वर्षीय बुबाको हत्या गरेका छन् । कास्कीको रुपा गाउँपालिका–४ बागेडाँडा घर भई बस्ने ३४ वर्षीय भीम बहादुर भुजेलले आफेनै ६२ वर्षीय बुवाको हत्या गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार उनलाई घटनाको भोली पल्टै पक्राउ गरिएको हो।
आफ्नै ६२ वर्षीया बुवाको हत्या गरी फरार रहेका भीम बहादुर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिइएको हो। प्रहरीका अनुसार गत वैशाख १७ गते बागेडाँडास्थित साँझ पौने ७ बजेको समयमा राम बहादुर घर्तीको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको टोलीले फेला पारेको थियो ।
प्रारम्भिक अनुसन्धान गरेको थियो। प्रहरी पुग्दा मृत भेटिएका भुजेलको शवलाई पोस्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा फरार रहेका मृतका छोरा खोजतलास गर्दै जाँदा घटनामा संलग्न भुजेलकै कान्छा छोरा वैशाख १८ गते पोखरा महानगरपालिका–११ हस्पिटल चोकबाट पक्राउ परेका हुन्।
पक्राउ परेका भुजेललाई मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद १२ अनुसार ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १७७ को कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस