आज: २०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

राजधानीका ५७ मसाज सेन्टरमा प्रहरीले छापामारी २५८ जना नियन्त्रणमा

२०८३ बैशाख २१, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२१ वैशाख।
व्यवशाय संन्चालन गर्ने वहानामा समाजमा नै विकृति फैलाउन थालेपछी प्रहरीले राजधानीका ५७ मसाज सेन्टरमा प्रहरीले एकै पटक छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा संन्चालित मसाज सेन्टरमा छापामारी आइतबार २५८ जनालाईसमेत नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामध्ये २४० जना महिला र १८ जना पुरुष रहेका छन्। व्यवशाय संन्चालनका नाउमा उक्त मसाज सेन्टरहरूमा अनैतिक क्रियाकलाप सञ्चालन गर्ने, विदेशी नागरिकलाई ठगी गर्ने तथा दर्ता नगरी व्यवसाय चलाएको पाइएपछी प्रहरीले छापा मारेको हो ।

कारवाहीमा पर्नेहरुमा धेरै जसो ठमेल, बौद्ध र ललितपुरका विभिन्न स्थानमा संन्चालित मसाज सेन्टर छन् । सोही मसाज सेन्टरमा कार्यरत व्यक्तीहरु तथा संन्चालकहरु गरी २५८ जनालाइ प्रहरी नियन्त्रणमा लिएको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस