आज: २०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

जेठको पहिलो सातादेखी समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

२०८३ बैशाख २३, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ३११ पटक पढिएको
नारी बाटिका


सहकारीबाट ऋण लिएर नतिरेकाहरुलाई असुली गर्न कानुन बमोजिम कडा नीति अबलम्बन गर्ने तयारी

बिबियु- नारी वाटिका संवाददाता
धादिङ -२३ वैशाख।

सरकारले आगामी जेठको पहिलो हप्तादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भनेको छ।

समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समितिले वैशाख ९ गतेदेखी काम थालेको र सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गर्ने तयारी गर्न थालिएको जनाएको हो।

समितिको अनुसार देशभरमा रहेका सहकारी संस्थारु मध्य केही समस्याग्रस्त सहकारीका करिव ७६ हजार बचतकर्ताले गरेका करिब ४६ अर्ब रुपैयाँ बचत रकम फिर्ता गर्नुपर्ने देखिन्छ। जसमध्ये अधिकांश जस्तै साना बचतकर्ताहरु छन्।

यस्तै पाँच लाखभन्दा कम रकम भएका बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचत भएकालाई ठूला बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ। यस् सबैगरी कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार बचतकर्ता रहेको बताइएको छ।

सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको बताएकी छिन् । मन्त्री रावलका अनससार अब छिट्टै बचत फिर्ता गर्ने काम हुनेछ।

पहिले साना बचतकर्ताको रकम पहिले फिर्ता गर्ने । त्यसपछी ठुला ‘बचतकर्ताका रकम फिर्ता गर्दै जाने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने’ जनाएको छ। त्यसमा बचत मागदाबी गरेका बचतकर्ताहरुको फिर्ता गर्रे र अन्य मागवाबी गर्न बाँकी रहेकाहरुको पुनः माग गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने पनि बताइएको छ।

त्यसका लागी नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने पनि स्पष्ट पारेको छ। साथै सहकारीबाट ऋण लिएर नतिरेकाहरुलाई असुलीका लागि समितिले कानुन बमोजिम कडा नीति अबलम्बन गर्ने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस