
नारी बाटिका
२५ वैशाख ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरुमध्य पार गर्ने क्रममा रहेका तीनवटै अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’हरू सुरक्षित रहेको बताएका छन् ।
ट्रम्पले भने अमेरिकी जहाजहरूमा कुनै क्षति नभएको बरु इरानी आक्रमणकारीहरूलाई भने क्षति पुगेको दाबी गरेका हुन्।
तर इरानले भविष्यमा फेरी यस्ता गतिविधि दोहोरिए अमेरिकाले कडा र प्रभावकारी प्रतिक्रिया दिइने चेतावनी दिएका छन्। ट्रम्पले इरानलाई छिटो जति सक्दो छिटो कूटनीतिक सम्झौता गर्न नआए भविष्यमा थप कडा कदम चालिन सक्ने चेतावनी दिएका छन्।
हर्मुज जलडमरूमध्यलाई विश्वको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ। केही महिनादेखी उक्त क्षेत्रमा देखिएको तनावले अन्तर्राष्ट्रिय ऊर्जा तथा आपूर्तिमा चिन्ता बढाएको हो।
अमेरिकी अधिकारीहरूले आफ्नो सेनालाई सुरक्षित बनाउन पूर्ण रूपमा सफल रहेको बताएका छन् ।, अमेरिकाको यस्तो प्रतिक्रियाले त्यस क्षेत्रको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट निगरानी गरिरहेको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त युद्धपोतहरू ‘विश्वस्तरीय’ भएको र जहाजहरूले सुरक्षित रूपमा आफ्नो यात्रा पूरा गरेको दाबी गरेका थिए।
सो क्षेत्रमा इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजहरूलाई लक्षित गरि आक्रमण गरेको र अमेरिकी सेनाले उक्त्त आक्रमणलाई सफलता पूर्वक रोकी प्रतिकारात्मक कारबाही गरेको बताएको छ।








प्रतिक्रिया दिनुहोस