आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

टर्की एयरलाइन्समा आगलागीपछि बन्द विमानस्थल पुनः सञ्चालनमा

२०८३ बैशाख २८, सोमबार मा प्रकाशित ( १ महिना अघि) २४८१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवादाता
धादिङ -२८ वैशाख ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्की एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजको टायरमा आगलागी भएपछि केही समय उडान सेवा अवरुद्ध भएको थियो ।

आज बिहानै टर्की एयरलाइन्समा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिएर जहाजलाई ट्याक्सी वेबाट हटाइएको थियो । सो घटनापछी करिब डेढ घण्टासम्म बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आएको हो।

उक्त्त घटनापछी उडान तथा अवतरण प्रभावित हुँदा विमानस्थलमा यात्रुहरूको ठूलो मात्रामा यात्रुको घुइँचो लागेको छ। साथै, इस्तानबुलका लागि बिहान ८ः१० बजे निर्धारित टीके–७२७ उडान प्रतिकूल परिस्थितिका कारण रद्द गरिएको विमानस्थल स्रोतले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस