
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ २९ वैशाख ।
धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा तीन वटा सवारी साधन एक आपसमा ठक्कर खाइ दुर्घटना हुंदा ३७ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको गाडी सडकमा रोकिएको बा ०३(००१(००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङ तर्फ जाँदै गरेको बा ०१(००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो ।
उक्त्त दुर्घघना भएलगत्तै काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको अर्को बस बा ०१(००६ ख ६७१६ ले समेत सोही बसलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका ३७ जना यात्रुलाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयको सहयोगले तत्काल उद्धार गरिएको थियो।
दुर्घटनामा घाइते भएका ३७ जनामध्ये तीन जनाको सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३४ जना घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जसमध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर, टिचिङ अस्पतालमा र ६ जनाको अन्य अस्पतालमा रिफर गरिएको छ। साथै तीनवटै गाडीमा सवार ६८ जना यात्रुहरु रहेको प्रहरीले जनाएको छ।
प्रहरीले तीनवटै सवारी साधनका चालकहरूमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र ट्रक चालक रौतहट गजुराका २८ वर्षीय प्रमोद चौधरीलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ।








प्रतिक्रिया दिनुहोस