आज: २०८३ बैशाख २९, मंगलबार | Tue, 12, May, 2026

अर्घाखाँची बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुग्यो

२०८३ बैशाख २९, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
अर्घाखाँची -२९ वैशाख ।

अर्घाखाँचीको पाणिनी–८ पालीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

मंगलबार दिउँसो पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनार्थी लिएर आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको हो । घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जनाएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा पोखरा १९ कास्की निवासी ७८ वर्षीय रोममाया बस्नेत, पर्वत मोदी ५ कि अन्दाजी ५० वर्षीय बिन्दु कुवर,सोही स्थान घर भएकी ५० वर्षीय कोशिला रेग्मीको मृत्यु भएको छ।

मृतक मध्ये १ जनाको परिचय खुल्न सकेको छैन । घाइतेहरुको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । अन्य घाइते हुनेमा पर्वत जिल्ला मोदी ५ का दिपा पौडेल, विष्णु केसी, देवबहादुर क्षेत्री सुन्तली कुँवर, उमा पौडेललाई थप उपचारको लागि भैरहवा रेफर गरिएको छ । घाइतेमध्य केहीको अवस्था सामन्य रहेको बताइएको छ ।

१२ जनालाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ । साथै अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा २९ जना दर्शनार्थी सवार थिए । दुर्घटनाको कारण भने बसको ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ । बस सडक देखि अन्दाजी १ सय ४०मिटर तल खसेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस