आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

हिरासतमा मृत्यु घटनाले दश प्रहरीलाई कारबाहीको सिफारिस

२०८३ जेष्ठ १२, मंगलबार मा प्रकाशित ( ४ महिना अघि) ५४५७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
सिन्धुलीैं १२ जेठ ।

सिन्धुली इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु प्रकरणमा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाही हुने भएको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्युको घटनाले प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको नेतृत्वमा गठन भएको छानबिन समितिले उहाँहरुलाई कारबाहीको सिफारिस गरेको हो।

सो सम्वन्धमा समितिले एक जनालाई सचेत हुन,दुईलाई ध्यानाकर्षण, पाँचलाई चेतावनीसहित जिम्मेवारीबाट अलग,एक जनालाई नसिहत र एक जनालाई ग्रेड घटुवा गर्न सिफरिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रतिवेदनमा हिरासतमा रहेकालाई उच्च जीवन सुरक्षाको प्राथमिकतामा राखी कार्य गर्न,हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा सङ्लग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑