
बिबियु
धादिङ १६ जेठ ।
जेनजी आन्दोलनपछी देशमा वहुमतको पार्टी बनेको रास्वपाको सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३को लागी २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट घोषणा गरिएको छ । सुक्रबार सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट तयार गरी सार्वजनिक गरेका हुन् ।
सरकारले पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थापन तर्फको बजेट ४ खर्ब २२ अर्ब विनियोजन गरिने अर्थमन्त्री वाग्लेले बताए । त्यसैगरी सरकारका अर्थमन्त्री वाग्लेले राजस्व तर्फ १४ खर्ब ४ अर्बको रहने अनुमानसहितको बजेट सार्वजनिक गरेका हुन् ।
यस्तै अनुदानतर्फको ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फको २ खर्ब ४७ अर्ब रहने लक्षसहितको बजेट ल्याईएको छ । जसमध्य आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने सरकारले लक्ष लिएको छ ।












प्रतिक्रिया दिनुहोस