आज: २०८३ श्रावण १, शुक्रबार | Fri, 17, Jul, 2026

सभापति रवि लामिछाने भारतको नयाँ दिल्लीको भ्रमणमा

२०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित ( १ महिना अघि) १६१३ पटक पढिएको
नारी बाटिका


बिबियु
धादिङ, १८ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँ दिल्लीको भ्रमणमा गएका छन् । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा गएका सभापति लामिछाने आजबाट भारतको नयाँ दिल्लीमा रहने छन् ।

शोमबारदेखी भ्रमणमा जानु भएका नेता लामिछानेको भ्रमण टोलीलाई भारतीय जनता पार्टीका महासचिव तथा राज्यसभाका सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गर्नु भएको थियो।

सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा जानु भएको हो । भ्रमणको क्रममा उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्य तालिका रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस