
नारी बाटिका
बिबियु
धादिङ -१९ जेठ ।
वैदेशिक रोजगार विभागद्वारा नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणाली मार्फत स्वीकृत लिन पर्ने नयाँ मापदण्ड बनाएको छ।
विभागले शोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई सुरक्षित, मर्यादित बनाउँदै व्यवस्थित गर्ने योजना अनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको हो।
वैदेशिक रोजगार विभागले लागु गर्न लागिएको अनलाइनमार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नु पर्ने नयाँ शर्तसहित विभिन्न मापदण्ड तोकेको छ ।
विभागले तोकेको स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिनु पर्दा यसअघि श्रम स्वीकृति प्राप्त गरी रोजगार गरीरहेका देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनु पर्ने छ। यदी संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा भने यो नियम लागू नहुने जनाएको छ।
विज्ञप्तीमा भनिएको छ कम्तीमा तीन महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनु पर्ने, आवधिक जीवन बिमा गरेको लगायतका विभिन्न शर्तहरु अनिवार्य बनाएको हो।
यस्तै अनलाइन प्रणालीलाई थप व्यवस्थित र सञ्चारमैत्री बनाउन यी शर्तहरू अघि सारिएको विभागको भनाइ छ। तर यी शर्तहरु पूरा नभएका आवेदनलाई उक्त प्रणालीले स्वतः अस्वीकृत गर्ने भएकाले सजगता पुर्वक सर्त अनुसार पालना गर्न विभागले आग्रह गरेको छ।








प्रतिक्रिया दिनुहोस