आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

नेपाल–भारत सीमा विवादमा तेस्रो पक्ष स्वीकार्य छैन :भारत सरकारका प्रवक्ता रणधीर

२०८३ जेष्ठ २०, बुधबार मा प्रकाशित ( १ हफ्ता अघि) २२९५ पटक पढिएको
नारी बाटिका


नयाँदिल्ली ।

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने बताएको छ । भारतीय सरकारका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलन गरी दुई देशबीचको सीमांकनको कार्य करिव ९८ प्रतिशत सम्पन्न भइसकेको बताएका हुन्।

प्रवक्ता जयसवालका अनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषयहरू सुल्झिन बाँकी रहेको उनको भनाइ थियो । सोही क्रममा सीमांकन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दशगजा (नो म्यान्स ल्याण्ड) अतिक्रमण देखिएकाले त्यसको संयुक्त रूपमा नक्शांकन भइरहेको बताए ।

सोही क्रममा नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणी बारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले भने, ‘नेपाल र भारतबीचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो । त्यसैले यो हाम्रो मामिलामा कुनैपनि तेस्रो पक्षको भूमिकाको आवश्यकता पर्दैन र यस विषयमा सबै पक्षलाई स्पष्ट हुनु पर्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस