आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

सशस्त्र प्रहरीको मुख्यालयमा भीषण आगलागी, सात वटा सवारीसाधन जलेर नष्ट

२०८३ जेष्ठ २१, बिहिबार मा प्रकाशित ( २ महिना अघि) ३३८० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
बिबियु

धादिङ -२१ जेठ ।

काठमाडौंको स्वयम्भूस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मुख्यालय हलचोकमा गएराति भीषण आगलागी भएको छ।

प्रारम्भिक जानकारी अनुसार बुधबार राति मुख्यालय हलचोकस्थित परिसरमा पार्किङ गरी राखिएको एक मोटरसाइकलमा अचानक देखिएको आगो फैलिँदै सात वटा सवारीसाधनमा जलेर पुर्ण रुपमा क्षति भएको हो ।

मोटरसाइकलमा अचानक आगो लागेपछि केही मिनेटमै सोही आगो फैदिँदै संगै पार्किङमा राखिएको अन्य सवारीसाधनमा समेत भिषण रुपमा आगो लागेर पुर्ण जलेर नष्ट भएको छ। उक्त आगोले कम्तीमा सात वटा सवारीसाधन पूर्ण रूपमा जलेका छन्। केही सरकारी प्रयोजनका गाडीहरूमा समेत क्षति पुगेको बताइएको छ।

घटनापछी आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका,सशस्त्र प्रहरी र नेपाल प्रहरीका दमकलहरू परिचालन गरिएको थियो। सुरक्षाकर्मीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो।

घटनाबाट मानवीय क्षति नभएपनि सवारीसाधन तथा अन्य भौतिक संरचनामा भने ठूलो क्षति पुगेको अनुमान गरिएको छ। यो सशस्त्र प्रहरी बलको देशभरका संगठनको मुख्य केन्द्रीय प्रशासनिक सुरक्षाको केन्द्र े हो ।

आगलागीको वास्तविक कारण, क्षतिको यकिन विवरण तथा आगो कसरी फैलियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। घटनास्थलमा प्राविधिक टोलीले निरीक्षण गरिरहेको सुरक्षा स्रोतले जनाएको छ।

यस घटनापछी मुख्यालय परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस