आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

टिकटकर तुलसा अधिकारी जेल चलान

२०८३ जेष्ठ २१, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२१ जेठ ।

इन्टरपोलमार्फत विदेश मै पक्राउ परेकी टिकटकर तुलसा अधिकारीलाई आज ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले पुर्पक्षका लागि उनलाई थुनामा पठाउने आदेश दिएको हो। यही जेठ १७ गते थाइल्यान्डमा छोरीको साथमा घुमिरहेको समयमा उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको थियो।

उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरण समेतको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनले पक्राउ पर्नु अघि सामाजिक सञ्जालबाट प्रतिवादसहित विभिन्न प्रतिक्रिया दिँदै आएकी भएपनि अन्तत ः उनलाई पक्राउ गरी कानुनु बमोजिम कारवाही अघि बढाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस