
नारी बाटिका
काठमाडौं ।
फिफा विश्वकप २०२६ को खेल गएरातिदेखी सुरु भएको छ । पहिलो दिनको उद्घाटन खेलमा सहआयोजकको रुपमा रहेको मेक्सिको अगाडी बढेको छ।
मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा उद्घाटन भएको रोमान्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि २–० को जितको सुरुवात गरेको हो।
विश्वकपका तीन फरक खेलहरू आयोजना र विश्वकै पहिलो स्टेडियमको कीर्तिमान बनाएको हो । विभिन्न साँस्कृतिक कार्यक्रमसहित अज्टेका रंगशालामा भएको खेलमा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको छ । ८० हजारभन्दा बढी दर्शकहरुको सहभागितामा मेक्सिकोपक्षमा जुलियन क्विनोनेस र अनुभवी फरवार्ड राउल जिमेनेजले एक–एक गोल गरेका हुन्।
खेलमा अत्यन्तै प्रतिस्पर्धा देखिएको र ब्राजिलियन रेफ्रीले कुल तीनवटा रातो कार्ड देखाएका थिए त्यसपछी खेलमा केही तनाव पनि देखिएको थियो।
सुरुवाती मै आक्रामक रूपमा प्रस्तुत भएको मेक्सिकोले ९ मिनेटमा अग्रता लिएको हो। दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रणमा लिन नसक्दा मेक्सिकोले त्यसको फाइदा लिएको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस