आज: २०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

२०८३ जेष्ठ ३१, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -३१ जेठ ।
अमेरिका र इरानबीचको द्वन्द्व संधैका लागी अन्त्य गर्नका लागी सम्झौतामा आइतबार (आज हस्ताक्षर हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले सम्झौता भएपछि विश्वको प्रमुख तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज सबैका लागि खुला समेत बताएका हुन् ।

यि दुई देशकाबिचमा सम्झौता गर्न मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले आज कै २४ घण्टाभित्रमा सम्झौता हुने अपेक्षा गरिएको र इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको जनाएको छ ।

तर यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता स्माइल बघाईले भने सम्झौता हस्ताक्षरको मितिबारे अझै निश्चितत नभैसकेको भन्दै सावधानी अपनाउन आग्रह गरेको बीबीसी नेपाली समाचारले जनाएको छ ।

यद्यपि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले पनि सम्झौता नजिक पुगेको र प्रस्तावित सम्झौतामा लेबनानको हिज्बुलाह र इजरायलबीचको द्वन्द्व अन्त्य, हर्मुज पुनः सञ्चालन गरी इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने विषय समेटिएको जनाइएको छ ।

तर इरानको आणविक हतियार बनाउने कारखानाको विषयमा भने वार्ता पछि छलफल हुने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस