आज: २०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

अमेरिका–इरान तनावको अन्त्य हुने संकेत

२०८३ अषाढ १, सोमबार मा प्रकाशित ( १ महिना अघि) ३२८७ पटक पढिएको
नारी बाटिका


एजेन्सी।

अमेरिका र इरानबीचको संघर्षको अन्त्य हुने संकेत देखिएको छ । विगत लामो समयदेखी यी दुई देशकाबिचमा भैइरहेको हिंसात्मक युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’ भएको घोषणा भएको छ ।

आईतबार यी दुई देशकाबिचमा युद्ध विरामको घोषणा भएसंगै एशियाली बजारमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको हो । पाकिस्तानले अमेरिका र इरानको युद्ध अन्त्य गर्नका ठुलै कसरतका साथ मध्यस्थता गरेको र उनीहरुबिचमा सम्झौता भएको घोषणा गरेको छ । सोही कारण विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो ।

बीबीसीले अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घट्दै प्रति ब्यारेल ८३ अमेरिकी डलर ८१ सेन्टमा झरेको जानकारी दिएको छ । घटेको मुख्य अनुसार अमेरिकी बजारमा कच्चा तेलको मूल्य करिब ४ दशमलव ७ प्रतिशतले घटेर प्रतिब्यारेल ८० डलर ८९ सेन्टमा झरेको हो।

युद्धरत देशहरुमा दिगो रुपमा युद्ध विराम भएपछी विश्व बजारमा आगामी केही दिन तेलको मुल्य बजारमा अत्यन्त अस्थिर रहन सक्ने विशेषज्ञहरूले अनुमान गरेका छन् । इरानको नजिक रहेको समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरुद्ध भएको थियो । जहाँबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा एलएनजी यसै मार्ग हुंदै आपूर्ति हुने गर्दछ ।

सान्ती सम्झौता भएपछी यो मार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्ने बताईएको छ । युद्धका कारण कच्चा तेलको मूल्य यसअघिकरिब ७० डलरबाट बढेर करिब १ सय २० डलरसम्म पुगेको थियो ।

अब इरान –अमेरिकाको युद्ध विराम हुने भएपछी पश्चिम एशियामा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एशियाली अर्थतन्त्रमा राम्रो प्रभाव पार्नेैछ । तर यी दुई देशकाबिचमा भएको सान्ती सम्झैताले स्थायित्व लिने। नलिने भन्नेमा अनिश्चित रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस