आज: २०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

“ जेनजी आन्दोलनमा कारागारबाट फरार भएका धादिङका राई पक्राउ”

२०८३ अषाढ १, सोमबार मा प्रकाशित ( २४ मिनेट अघि) ५९० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ १ असार ।

धादिङ प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रिय कारागार सुन्धारा काठमाण्डौबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धादिङ धुनिवेशी नगरपालिका २ भैटार बस्ने अं. वर्ष ३८ को बिष्णु बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनु भयो ।

गत भदौ २३ । २४ को जेनजी आन्दोलनको क्रममा केन्द्रिय कारागार सुन्धारा काठमाण्डौमा लागू औषध (खैरो हिरोईन) मुद्दामा कैद सजाँय भुक्तान गरी रहेका राईलाई यही जेठ ३१ गते धादिङको धुनिवेशी नगरपालिका वडा नं( २ भैटार स्थितबाट प्रहरी चौकी जीवनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बाँकी कैद भुक्तानको लागि पक्राउ परेका राईलाई आज केन्द्रिय कारागार कार्यालय काठमाण्डौ बुझाइएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस