
बिबियु, नारी वाटिका संवादाता
धादिङ -६ असार ।
राहदानी प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका तीर्थराज अर्यालसहित चार जनाविरुद्ध ५ दिनको म्याद थप गरी हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
अघिल्लो सरकारका पालामा भएको राहदानी छपाइमा अनियमितता गरेको भन्ने कसूरमा केही दिनअघि अनुसन्धानमा तानिएका महानिर्देशक अर्याल लगायतका अन्य चारजना व्यक्तिहरूमाथि थप अनुसन्धानका लागि विशेष अदालतले दोस्रो पटक ५ दिनको म्याद थप गर्ने अनुमति दिएको हो ।
न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आरोपित तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र मणिन्द्र मल्लविरुद्ध म्याद थप गरेको छ ।
सोही प्रकरणमा पुर्व परराष्ट्रमन्त्री डा.आरजु राणाको पनि नाम जोडिएको हुनाले उहाँलाई समेत अनुसन्धानका लागी अख्तियारले पत्रचार गरी सकेको छ ।












प्रतिक्रिया दिनुहोस